बचपनमा बलिउड स्टारहरुको उपनाम के रहेको थीयो त ? हेर्नुहोस् बचपनको तस्विर सहित !

कसैले जिस्काउनको लागि त कसैले मायाले हरेकको उपनाम रहने गर्छ। प्राय जसो मान्छेको वास्तविक भन्दा नाम घरमा फरक हुने गर्छ। घर साथै आफ्ना हितैसी मित्रहरुले मायाले बोलाउने नाम छुट्टै रहने गर्छ। यस्तो उपनाम बलिउडका हस्तीहरुको समेत रहेको छ। केहि बलिउडको बचपनमा परिवार साथै साथीहरुले बोलाउने उपनाम आज यस लेखमा प्रस्तुत गर्ने छौं।

 

प्रायले ऐश्वर्याको उपनाम ऐश रहेको सोच्ने गर्छन्। तर उनलाई बचपनमा गुल्लू नामले बोलाइने गरिन्थ्यो।
अजय देवगनलाई बचपनमा उनको आमाले राजू नामबाट बोलाउने गर्थिन्। अहिले उनको श्रीमती कजोलले उनलाई मात्रै जे भनेर बोलाउने गर्छिन्।
आलिया पहिला बचपनमा धेरै मोटी भएको कारण उनलाई आलू नामले बोलाइने गरिन्थ्यो। जुन नाम अहिले उनको घरमा अझै पनि प्रयोग हुने गर्छ।
बिपाशा बचपनमा धेरै तंदरुस्त रहेको कारण उनलाई उनको घरमा बोनी नामले बोलाइने गरिन्थ्यो।
रणबीर कपूरलाई उनका हजुरबुबाले गंगलु नामले बोलाउने गर्थे भने उनका घरका अन्य सदस्यले भने उनलाई डब्बू नाम प्रयोग गरेर बोलाउने गर्थे।
कंगना रनौतलाई उनको घरमा अरशद नामले पुकार्ने गरिन्थ्यो।
अभिनेता अनिल कपूर आफ्नो छोरि सोनम कपूरलाई जिराफ भनेर बोलाउने गरेको बताउने गर्छन्।
श्रद्घाका साथीहरु बचपनमा उनलाई चिरकुट भनेर बोलाउने गर्थे।

श्रद्घाका साथीहरु बचपनमा उनलाई चिरकुट भनेर बोलाउने गर्थे।

प्रकाशित : बुधबार, जेठ १६, २०७५०९:१४

अक्षय कुमारलाई लाग्यो ठुलो झट्का, ४५० करोडमा बनेको चलचित्रको यस्तो हालत!