चन्द्रमाद्वारा राशि परिवर्तन, यी ९ राशिका लागि खास रहनेछ आज आइतबार(परमा एकादशी)को दिन

काठमाडौँ। शनिबार राति अर्थात हिजोबाट चन्द्रमा राशि बदलेर मेष राशिमा आएको छ। आइतबार आज जेठ २७ गते परमा एकादशीको दिन यसको असर सबै राशिहरुमा अलग-अलग रुपमा देखिनेछ। ग्रहको स्थितिलाई हेर्ने हो भने मेष, वृष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, कुम्भ र मीन राशिका मानिसहरुका लागि छुट्टीको दिन अत्यन्तै विशेष रहनेछ। यस बाहेक अन्य ग्रहका स्थितिको कारण कन्या, धनु र मकर राशिका मानिसहरुले भने शुभ योगको लाभ उठाउन पाउनेछैनन्।

मेष – चन्द्रमाको स्थिति तपाईको लागि राम्रो रहनेछ। केही नौलो र महत्वपूर्ण व्यक्तिहरूसँग भेट हुन् सक्ने सम्भावना छ। आफूलाई सुधार गर्नमा तपाईको बढी ध्यान केन्द्रित हुनेछ। परिवारसँग गुणस्तरीय समय बित्नेछ। नोकरी या व्यापारमा नयाँ काम गर्ने प्रयास गर्नु भएमा अवश्यै सफलता हात पार्नु हुनेछ। साथीको मद्दतले अधिकांस योजनाहरु पूरा हुन् सक्छ। आकाङ्क्षित परिणाम पनि प्राप्त हुन् सक्ने योग छ। कार्यक्षेत्रमा नयाँ अधिकारीहरुसँग भेट हुने योग छ र उनीहरुसँगको सम्बन्ध पनि राम्रो हुन् सक्छ। मेष राशिका मानिसहरु विभिन्न विचारहरुको कारण विचलित पनि हुन् सक्छन। दिन हल्का समस्यायुक्त पनि हुन् सक्छ। अनजान मानिसहरुबीच तपाई बेचैनी महसूस गर्न सक्नुहुन्छ। थकान र आलस्य पनि रहनेछ।

उपाय – कुनै पनि मन्दिरमा आटा दान दिनुहोला।

वृष – आज तपाईले थोरै कष्ट उठाउन पर्नेछ। दुईजिब्रे कुराहरुबाट बच्नुहोला। कुनै पनि काम गर्न आलटाल नगर्नुहोला। कसैसँग पनि सोचविचार नगरी कुनै सम्झौता नगर्नुहोला। नियमित जीवनमा बदलावको योग बनेको छ। धेरै मानिसहरुसँग भेट र कुराकानी हुन् सक्छ। केही नयाँ साथीहरु पनि तपाईले पाउन सक्नुहुन्छ। ताराहरुका स्थिति अनुसार तपाईको विचारशील कामहरु पूरा हुन् सक्छ। भूतपूर्व प्रेमीसँग भेट हुन् सक्ने योग बनेको छ। सामाजिक समारोहमा मान-सम्मान र कामकाजमा तपाईले सफलता हासिल गर्नुहुनेछ। व्यवसाय र नोकरीमा राम्रो काम गर्ने कोशिश गर्नुहोला। उच्च पदाधिकारी तपाईसँग खुशी हुनेछन।

उपाय – गोलभेंडाको सूप या झोलको उपयोग गर्नुहोला।

मिथुन – दिन राम्रो रहनेछ। भविष्यमा फाइदा दिने निवेशको बारेमा योजना बन्न सक्छ। कार्यालयका कामहरु जति सक्दो चाँडो निपट्नु होला। जीवनसाथीसँग समय बिताउने मौका पनि तपाईले पाउन सक्नुहुन्छ। कुनै ठुला प्रस्ताव पनि आज तपाईले प्राप्त गर्न सक्नुहुन्छ। तपाईको इच्छा र आवश्यकता बढ्न सक्छ। धन लाभको योग बनेको छ। सोचेका कामहरु पूरा गर्ने कोशिश गर्नुहोला, अवश्यै सफलता मिल्नेछ। अनावश्यक खर्च नगर्नुहोला। परिवारमा विवाद र तनावको स्थिति बन्न सक्छ। मिथुन राशिका मानिसहरु सावधान रहनुपर्नेछ। आफ्नो साथी या नातेदारहरुसँगको सम्बन्धमा तीक्तता आउँन सक्छ। व्यवसायको लागि समय राम्रो छ। निवेश लाभकारी हुन सक्छ।

उपाय – घ्यु या शख्खर खानुहोला।

कर्कट – मनमा कुनै व्यक्तिको नकारात्मक छवि बन्न सक्छ। कसैसँग बहस र विवाद हुन् सक्ने पनि सम्भावना बनेको छ। आफूलाई काबूमा राख्नुहोला । बिना सोचविचार कसैलाई पनि केही पनि नभन्नुहोला, अन्यथा समस्याको खाडल जाकिन सक्छ। जरुरी काम समयमै पूरा हुन् सक्छ। समझदार मानिसहरुबाट सम्मान मिल्न सक्ने योग छ। तपाईको यस्तो मान्छेसँग भेट हुन् सक्छ जो पद र प्रतिष्ठामा ठुलो छ। पूरा दिन कामकाजमा बित्न सक्छ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। अविवावित मानिसहरुले विवाहको प्रस्ताव पाउन सक्छन। नयाँ प्रेम प्रसंग पनि सुरु हुन् सक्छ। समस्यायुक्त मामिला निपट्ने सम्भावना छ। नयाँ जिम्मेवारी पनि पाउन सक्नुहुनेछ।

उपाय – जीरा खाएर पानी पिउनुहोला।

सिंह – कुनै काम गर्न तपाईको थप पैसा खर्च हुनेछ। प्रेम सम्बन्धमा दरार आउन सक्ने सम्भावना छ। आज तपाई अधिक सुन्नुहोला तर कम बोल्नुहोला। कुनै खास मामिलामा किस्मतले साथ दिनेछ। तपाईको लागि दिन राम्रो छ। करियरमा नयाँ मार्ग आउन सक्छ। कामकाजमा मन जानेछ। तपाई केही यस्तो काम गर्नुहोला जसले तपाईको चाँडै पदोन्नति होस्। जोशको साथ होशले काम गर्नु भएमा फाईदा बढ्नेछ। तपाईको राम्रो व्यवहारको तारिफ पनि हुन् सक्छ।

उपाय – २ वटा सिक्का पानीले पखालेर खल्तीमा राख्नुहोला।

कन्या – कुनै पुरानो कुराले तपाईको समस्या बढाउन सक्छ। कतैबाट अचानक तपाईको पैसा रोकिन सक्छ। चन्द्रमाको स्थिति आज कन्या राशिका मानिसहरुका लागि ठीक छ भन्न सकिन्न। दिनभर सावधान रहनु पर्नेछ। नोकरी या कारोबारमा केही नयाँ गर्ने प्रयत्न गर्न सक्नुहुन्छ। कुनै काम निपट्नको लागि थोरै जोखिम पनि मोल्नु पर्नेछ। साथीभाई र घरपरिवारसँग सम्बन्ध राम्रो हुन् सक्छ। कुनै खास विषयमा योजना बनाउनुहोला। बिचैमा अट्किएका कामहरु पूरा हुन् सक्छ। दाजुभाईहरुबीच लामो वार्तालाप हुन् सक्ने योग छ। दृष्टिकोण सकारात्मक राख्नु भएमा तपाईको लागि राम्रो रहनेछ। कुनै अवसरको लागि तपाई उपहार पनि खरिद गर्न सक्नुहुन्छ। आफ्नो रिसलाई काबूमा राख्नुहोला। फाल्तु काम प्रति तपाई आकर्षित हुन् सक्नुहुन्छ। तपाई सावधान हुनु पर्दछ।

उपाय – पूरा दिनभर बेल पत्र बोक्नुहोला।

तुला – तपाईले कडा मेहनत गर्नुपर्नेछ। कुनै अपरिचित व्यक्तिको भरोसा नगर्नुहोला। अचानक लिईएको फैसलाले पनि तपाईलाई हानि पुर्याउन सक्छ। तुला राशि का लागि ताराहरुका स्थिति राम्रो छ। तपाईको व्यक्तित्व र जीवनशैलीमा राम्रो बदलाब हुन् सक्ने सम्भावना छ। माईत/ससुराली या माता-पिताबाट सहयोग मिल्न सक्छ। प्रेमी-प्रेमिकाको जोडीले विवाहको लागि माता-पिताबाट मञ्जुरी पाउन सक्छन। दिमागमा थुप्रै किसिमका विचार पनि आउन सक्छ। हरेक प्रकारका कठिन परिस्थितिमा तपाई सकारात्मक रहनु पर्नेछ। प्रेम सम्बन्धमा पुराना कुरालाई भूलेर अगाडी बढ्नु पर्नेछ। पुराना बाचा अवश्यै पूरा गर्नुहोला। व्यापार सम्बन्धी कुनै ठुला फैसला तपाई लिन सक्नुहुन्छ। तपाईको मेहनतको पूरा फल मिल्न सक्छ। धैर्यले काम गर्नुहोला। कुनै पनि ठुलो निर्णय साथीसँगको सहमति पछि मात्र लिनुहोला।

उपाय – बेडरुममा झुठा भाँडाकुडाहरु नराख्नुहोला।

वृश्चिक – पैसाको स्थितिमा सुधार गर्नको लागि केही मामिलाहरुमा तनाव सिर्जना हुन् सक्छ। चन्द्रमा तपाईको लागि राम्रो रहनेछ। कोर्ट-कचहरी र विवादमा सफलताको योग बनेको छ। कार्यक्षेत्रमा मानिसहरुसँग विशेष कुराकानी हुन् सक्छ। विचारशील कामहरु पूरा हुन् सक्छ। अनजान मानिसहरुसँग भेट हुने योग छ। नजिकको सम्बन्धमा मजबूती बढ्न सक्छ। मनको कुरा भन्नको लागि समय राम्रो छ। पैसाको समस्याको कुनै न कुनै समाधान सजिलै मिल्नेछ। कुनै पार्ट टाइम काम पनि पाउने योग बनेको छ। दैनिक कार्यहरुमा थोरै मेहनत बढाउनु भएमा फाईदा हुन् सक्छ। स्वास्थ्यको मामिलामा दिन राम्रो रहनेछ।

उपाय – नाभिमा अत्तर लगानुहोला।

धनु – मानिसको बहकाउमा लागेर तपाईको पैसा फस्न पनि सक्छ। नचाहदा नचाहदै तपाईले दोस्रो व्यक्तिको खातिर केही न केही त्याग गर्नु पर्नेछ। आर्थिक फाईदा हुने योग बनेको छ। अचानक धन लाभ हुन् सक्छ। तपाई माथि थुप्रै प्रकारका जिम्मेवारीहरू आउन सक्छन। जुन राम्रोसँग निपट्ने कोसिस गर्नुहोला। सहयोगपूर्ण रवैया राख्नु भएमा फाईदा हुन् सक्छ। शिक्षा र राजनीतिमा तपाई निकै हदसम्म सफल हुन् सक्नुहुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रगतिमा आउने अधिकांस रुकावट समाप्त हुन् सक्छ। विचारशील कामहरु र योजनाहरु पूरा हुने योग छ।

उपाय – दिनमा एक पटक मनतातो पानी पिउनुहोला।

मकर – अगाडी बढ्नको लागि सानो-तिनो अवसरहरु प्राप्त गर्न सक्नुहुन्छ। विद्यार्थीहरूको लागि पनि समय राम्रो छ। महिलाहरूले कुनै ठाउँ घुम्न जाने मौका पाउन सक्छन्। आज तपाईको काम चाँडै हुनेछ। परिस्थितिहरु बिस्तारै तपाई अनुकुल हुनेछ। कुराकानी या व्यवहारमा तपाई कुनै किसिमका बदलाव पनि ल्याउन सक्नुहुन्छ। आफ्नो अलग छवि सिर्जना गर्न सफल हुन सक्नुहुनेछ। विशेष काम पूरा गर्नको लागि मित्र र परिवारबाट सहयोग मिल्न सक्छ।

उपाय – पानीमा थोरै तम्बाकु मिलाएर काँडेदार बिरुवा पनि हाल्नुहोला।

कुम्भ – सन्तान सुख मिल्नेछ। व्यवसायको कामले यात्रा हुन् सक्छ। निवेश तपाईको लागि लाभदायक हुन सक्छ। जीवनसाथीसँग प्रेम रहनेछ। भाग्यको साथ रहनेछ। रुकावट खत्तम हुन् सक्छ। आम्दानी बढाउनको लागि नयाँ योजनाहरु मिल्न सक्छ। जुन कामलाई तपाईले अहिलेसम्म उपेक्षा गर्नु भएको थियो, त्यसमा पनि ध्यान दिनुहोला। घर-परिवारमा केही समस्याको वातावरण बन्न सक्छ।

उपाय – हनुमानजीलाई तेलको दीप बल्नुहोला।

मीन – आज तपाई आफ्नो दिलको कुरा कसैसँग शेयर गर्न सक्नुहुन्छ। कुनै सम्बन्ध या विवाहको लागि प्रस्ताव गर्नको लागि दिन राम्रो छ। सम्बन्धका समस्याहरु सुल्झाउनको लागि तपाई अधिक उत्सुक हुन सक्नुहुन्छ। तपाईको मनको सन्देह र सङ्कोच पनि समाप्त हुनेछ। आज तपाई कारोबार बढाउनको लागि नयाँ तरिका निकाल्ने कोशिस गर्नु हुनेछ। गोचर कुण्डलीको अनुसार चन्द्रमाको असर तपाईको मुखमा हुनेछ। मिठो बोलेर तपाई आफ्नो काम पूरा गर्न सक्नुहुन्छ। कुनै विशेष व्यक्तिबाट कामकाजमा मद्दत मिल्न सक्छ। मित्रहरू बातचित हुनेछ।

उपाय – दिनमा २ पटक खुट्टा धुनुहोला।

प्रकाशित : आइतबार, जेठ २७, २०७५११:५९

महँगा कार र कपडा मात्र मनपर्ने यी राजकुमारी , उनको बारे जान्नुहोस् …