कुखुरामा देखिने बर्ड फ्लू मानिसमा भेटियो , काभ्रेमा २१ वर्षीय युवकको मृत्यु ! सचेत रहन आग्रह

काठमाडौँ : काभ्रेमा एक युवकको ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट मृत्यु भएको छ ।

काभ्रेका २१ वर्षीय नाम नखुलाईएका युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो ।

गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका ती युवकको र्‍याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा कुन भाइरस हो भन्ने प्रमाणित नभएपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको र त्यहाँबाट आएको रोपोर्ट अनुसार बर्ड फ्लू (एच फाइब एन वान) भएको देखिएको हो ।

गत चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइएको ती युवकको चैत १५ गतेनै मृत्यु भइसकेको छ । वैशाख १७ गते (मंगलबार) जापानबाट आएको उनको र्‍याल परीक्षणको रिपोर्टले मृत्युको कारण खुलाएको हो ।

 नेपालमा बर्ड फ्लूबाट मृत्यु पुष्टि भएको यो पहिलो घटना  रहेको बताउदै स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अप्रत्यासित घटना भएकाे संज्ञा दिइन्। उनले यसबारे सचेत रहन समेत आग्रह गरेकी छिन् ।

बिहिबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि यस घटनाबारे जानकारी गराईएको हो ।

प्रकाशित : बिहिबार, बैशाख १९, २०७६१२:४२

सोमबार सार्वजनिक विदा