कान दुख्यो भन्दै अस्पताल पुगेका व्यक्तिको कान भित्र माउसुली देखेर डाक्टर पनि चकित !

एजेन्सी- माउसुली घरको कुना-काप्चामा देख्दा त मानिसहरु डराउँछन् भने सोच्नुस् कान भित्र माउसुली छिर्यो भने के हुन्छ होला ? कान दुखेर अस्पताल पुगेका एक व्यक्तिको कानबाट माउसुली निकालियो भन्दा जो-कोहिलाई पनि अचम्म लाग्न सक्छ। केहिले त यस घटनालाई गलत पनि भन्न सक्छन्। तर एक व्यक्तिको कान भित्रबाट डाक्टरहरुले हकिकतमै माउसुली निकालेका छन्।

घटना दक्षिणी चीनको गुआंगजो शहरको रहेको छ। एक व्यक्ति थकाइ मार्नको लागि सुतेका थिए। तर उनको निन्द्रा त्यति बेला खुल्यो, जब उनको कान भित्र केहि चलिरहेको अनुभव भयो।

पहिला त उनले सानै जीव कान भित्र छिर्यो भन्ठानेका थिए। तर कान दुख्न कम हुने भन्दा पनि बढ्न थालेपछि उनी तुरुन्तै अस्पताल पुगे। अस्पताल पुगेपछि मात्रै उनले कान भित्र माउसुली भएको थाहा पाए।

असहनीय पिडा बोकेर अस्पताल पुगेका ती पुरुषलाई एनेस्थीसिया दिएर सर्जरी गरिएको थियो। कानबाट जीउँदो माउसुलीनै निक्लेपछि डाक्टर मात्र चकित भएनन् अस्पतालमा रहेका सबै पनि चकित भए।

डाक्टरहरुले कानबाट माउसुली निकालेपनि पुच्छर भने गायब थियो। जसको कारण डाक्टरहरु झनै चकित परे। डोर्याएर चेक गर्दा पनि पुच्छर कान भित्र नभेटिएपछि पिडित पुरुषलाई अस्पतालले डिस्चार्ज गरिएको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

प्रकाशित : बुधबार, असार १८, २०७६१९:२०

भोलि असार १९ गते बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !